ad ad

ग्लोबल


दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा शुक्रबार गएको ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले भएको क्षति। तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


रासस/एएफपी
मंसिर १, २०८० शुक्रबार २०:४८, मनिला

दक्षिण फिलिपिन्समा शुक्रबार ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले बताएको छ। स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन्।

ग्रिनविच मिन टाइमअनुसार बिहान ८:१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको यूएसजीएसले विज्ञप्तिमार्फत जनाएको छ।

हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ।

‘मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो’, भूकम्पको केन्द्रबिन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भनिन्, ‘मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ, कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो।’ 

प्यासिफिक ‘रिङ अफ फायर’ का छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन्। ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .