ग्लोबल


इजरायली सेनाको दाबी- हमासले बन्धक बनाएकी यी ६५ वर्षीया महिलाको शव भेटियो

इजरायली सेनाको दाबी- हमासले बन्धक बनाएकी यी ६५ वर्षीया महिलाको शव भेटियो

नेपालखबर
मंसिर १, २०८० शुक्रबार ९:१३, काठमाडौँ

गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव फेला पारेको इजरायली सेनाले बताएको छ।

आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको इजरायली सेनाको दाबी छ। 

इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो।

बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो। अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन्। बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लान पाएकी थिइनन्।

इजरायली सेनाले हमासले आक्रमणका क्रममा २४० इजरायली नागरिकलाई बन्धक बनाएको दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad