ad ad

ग्लोबल


उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्त, एकजना सैनिक र ४ आतंककारी मारिए

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्त, एकजना सैनिक र ४ आतंककारी मारिए

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १८:२५, काठमाडौँ

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एकजना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ।

उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो।

उक्त कारबाहीका क्रममा गोलाबारी शुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चारजना आतङ्ककारीहरू मारिएको जनाइएको छ। 

‘ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ। ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए’, विज्ञप्तिमा भनिएको छ।

अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एकजना सैनिकको मृत्यु भएको  आईएसपीआरले जनाएको छ। 

उक्त विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका सुरक्षा बलहरू आतंकवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ।’ (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .