ad ad

ग्लोबल


इजराइल–हमास युद्ध : पाँचौं पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसंघीय सुरक्षा परिषद्

इजराइल–हमास युद्ध : पाँचौं पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसंघीय सुरक्षा परिषद्

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १९:२६, काठमाडौँ

चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौं पटक प्रयास गरिरहेको छ।

यद्यपि शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ।

वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय विराम’ को माग गरिएको छ।

मस्यौदामा सर्वसाधारणका लागि सुरक्षाको आवश्यकता भएको, बालबालिकाका लागि विशेष सुरक्षाको माग गरिएको र बन्धक बनाउने कार्यमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय मानवीय कानूनको पालन गर्न‘सबै पक्ष’ लाई माग गरिएको छ।

तर परिषद् सदस्य माल्टाले प्रस्ताव गरेको र एपीले मङ्गलबार प्राप्त गरेको मस्यौदामा युद्धविरामका बारेमा केही उल्लेख गरिएको छैन। मस्यौदाले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाको पनि उल्लेख गरेको छैन। 

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेबारी पाएको १५ सदस्यीय परिषद् युद्ध सुरु भएपछि उसको आन्तरिक विभाजनका कारण निष्क्रिय भएको छ। यो तत्काल युद्धविराम चाहने चीन र रुस तथा मानवीय विरामको आह्वान गर्ने इजराइलको सबैभन्दा निकट सहयोगी अमेरिकाबीचको मामिला हो।

पछिल्ला चार प्रयासमा ब्राजिलले तयार गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो। अमेरिकाले बनाएको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका थिए।

साथै रुसका दुई प्रस्तावले आवश्यक न्यूनतम नौ ‘हुन्छ’ भन्ने मत प्राप्त गर्न असफल भएका थिए।

परिषद्का थुप्रै कूटनीतिज्ञहरूले विपक्षी पक्षहरू नजिक आइरहेको बताएका छन्। दुई कूटनीतिज्ञले नयाँ मस्यौदामाथि बुधबार मतदान हुनसक्ने बताएका छन्।

विचाराधीन प्रस्तावमा भनिएको छ, ‘मानवीय विराम राष्ट्रसङ्घ, रेडक्रस, अन्य सहायताकर्मीहरूलाई पानी, बिजुली, इन्धन, खाद्यान्न र औषधि आपूर्तिमा आवश्यक भएकाहरूलाई उपलब्ध गराउन कोरिडोरहरू पर्याप्त मात्रामा  खोलिनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .