ad ad

ग्लोबल


रहिनन् डोनाल्ड ट्रम्पकी जेठी दिदी म्यारिआन

रहिनन् डोनाल्ड ट्रम्पकी जेठी दिदी म्यारिआन

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १४:५८,

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी दिदी म्यारिआन ट्रम्पको ८६ वर्षको उमेरमा निधन भएको छ। सोमबार बिहान उनी न्युयोर्कस्थित अपार्टमेन्टमा मृत फेला परेकी थिइन्। 

उनको मृत्युको कारण खुलाइएको छैन। 

उनी १९८३ देखि २०१९ सम्म न्यु जर्सीमा न्यायाधीश थिइन्। ट्रम्पका सहोदर चारमध्ये निधन उनी हुने तेस्रो हुन्।

१९७४ देखि १९८३ सम्म न्यु जर्सीस्थित सरकारी वकिल कार्यालयमा काम गर्ने दुई मात्र महिला सरकारी वकिलमध्ये उनी एक थिइन्। 

ट्रम्पकै वकिलको सहयोगमा उनी न्यायाधीशमा सिफारिस भएकी थिइन्। त्यसैले ट्रम्पले बारम्बार आफूलाई ‘मबिना तिमी कहाँ हुन्थ्यौ?’ भनेर प्रश्न गरिरहने उनले खुलासा गरेकी थिइन्।

उनले पहिले डेविड डेसमन्ड र पछि जोसेफ जोन जोसेफ ब्यारीसँग विवाह गरेकी थिइन्। ब्यारीको सन् २००० मा मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .