ad ad

ग्लोबल


उत्तर प्रदेशमा पटाका बजारमा आगलागी हुँदा दाजुभाइको मृत्यु, १९ घाइतेको अवस्था चिन्ताजनक

उत्तर प्रदेशमा पटाका बजारमा आगलागी हुँदा दाजुभाइको मृत्यु, १९ घाइतेको अवस्था चिन्ताजनक

घटनास्थल


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १४:५७, काठमाडौँ

उत्तर प्रदेशको मथुरा जिल्लाको राया क्षेत्रमा रहेको पटाका बजारमा दीपावलीका दिन भएको आगलागीमा परी घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य ११ जनाको अवस्था अझै चिन्ताजनक छ।

बीबीसी हिन्दीका अनुसार दीपावलीका दिन थाना राय क्षेत्रको पटाका बजारमा अचानक आगलागी हुँदा यो दुर्घटना भएको हो। धेरै पसल खरानीमा परिणत भएका छन्।

उक्त दुर्घटनामा पटाका पसल खोलिरहेका १३ जना नराम्ररी जलेका छन्। यी दुई दाजुभाइ तिनैमध्ये थिए।

ठाकुरदास नामका दाइलाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो भने अर्का भाइ सुशीललाई एसएन मेडिकल कलेज, आगरामा।  तर उपचारका क्रममा सोमबार राति उनीहरूको निधन भएको हो। यी दुवै दाजुभाइ हातरसको मुर्सानवासी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .