ad ad

ग्लोबल


रुसको दाबी– युक्रेनले क्रिमियाविरुद्ध प्रहार गरेका १७ ड्रोन खसालिदियौँ

रुसको दाबी– युक्रेनले क्रिमियाविरुद्ध प्रहार गरेका १७ ड्रोन खसालिदियौँ

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:५३, काठमाडौँ

रुसको रक्षा मन्त्रालयले युक्रेनले मंगलबार बिहान क्रिमियाविरुद्ध प्रहार गरेका १७ ड्रोन खसालेको कालो सागरमा खसालिदिएको दाबी गरेको छ। 

रुसी रक्षा मन्त्रालयका अनुसार ९ ड्रोनलाई वायु रक्षा प्रणालीबाट र ८ वटालाई इलेक्ट्रोनिक युद्धबाट खसालिएका हुन्। 

यसअघि सेभास्टोपोल सहरका गभर्नर मिखाइल रज्भोजायेभले यस तटीय सहरमा करिब पाँचवटा ड्रोन खसालेको बताएका थिए।

यस आक्रमणको क्रममा क्रिमिया प्रायद्वीपमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो र यस क्षेत्रलाई रूसको मुख्य भूमिसँग जोड्ने महत्त्वपूर्ण पुलमा यातायात रोकिएको थियो।

युक्रेनबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। हालैका महिनामा युक्रेनले रूसी सैन्य लक्ष्यमा आक्रमणलाई तीव्र बनाएको छ।
क्रिमिया एक विवादित क्षेत्र हो जुन २०१४ मा रुसले कब्जा गरेको थियो। पहिले यो युक्रेनसँग थियो। युक्रेनले यसलाई आफ्नो भागका रूपमा दाबी गर्छ। 

बीबीसीका अनुसार यो प्रायद्वीप युक्रेनमा रुसको सैन्य अभियानका लागि पनि धेरै महत्त्वपूर्ण छ, किनभने यो रुसी सेनाको आपूर्ति मार्गको एक महत्त्वपूर्ण भाग हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .