ग्लोबल


हमास र इजरायलबीच भीषण लडाइँ जारी, हर्नुहोस् यी तस्बिर

हमास र इजरायलबीच भीषण लडाइँ जारी, हर्नुहोस् यी तस्बिर

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १४:१४, काठमाडौँ

हमास लडाकु र इजरायली सैनिकबीच लडाइँ जारी छ। 

बीबीसीका अनुसार भूमिगत अभियान सुरु गरेदेखि हालसम्म हमासका २५ सय अखडामा आक्रमण गरिसकेको दाबी इजरायली सेनाले गरेको छ। 

इजरायली सेनाले आइतबार विज्ञप्ति जारी गरी नजिकका लडाइँमा ‘आतंकवादीहरूलाई हटाइरहेको’ इजरायली विमानले गाजापट्टीमा हमासका पूर्वाधार, हतियार डिपो, निगरानी चौकी तथा कमान्ड र नियन्त्रण केन्द्रहरूलाई निशाना बनाएको’ उल्लेख गरेको छ। 

इजरायली सेनाले गरेकाे दाबीअनुसार हालसम्म ग्राउन्ड आर्मी, एयर फोर्स र नेवीको संयुक्त आक्रमणमा २५०० भन्दा बढी हमास अखडा ध्वस्त भइसकेका छन्।

इजरायली सेनाले गाजाभित्र कारबाही गरिरहेका सैनिकहरूको तस्बिर सार्वजनिक गरेको छ (हेर्नुहोस् समाचारको अन्तिममा)।

यसैबीच हमासले पनि टेलिग्राममा भिडिओ जारी गरेको छ, जसमा हमास लडाकु र इजरायली सैनिकबीच गोली हानाहान भइरहेको देखिएको छ। 

आईडीएफका अनुसार शनिबार गाजामा कारबाहीका क्रममा आफ्ना चार सैनिकको मृत्यु भएको छ। 

इजरायली सेनाले गत हप्ता गाजामा भूमिगत कारबाही सुरु गरेको थियो। सेनाका अनुसार शनिबारसम्म भूमिगत अपरेसनका क्रममा मारिएका सैनिकको संख्या २८ पुगेको छ।

यस्तै इजरायली सेनाले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ।

भीषण लडाइँका कारण उत्तरी गाजामा बसोबास गर्ने मानिसहरूलाई दक्षिणतर्फ जान कठिन भइरहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad