ग्लोबल


गाजामा इजरायली बमबारीबाट मारिनेको संख्या ९ हजार नाघ्यो, ३७ सय बालबालिका

गाजामा इजरायली बमबारीबाट मारिनेको संख्या ९ हजार नाघ्यो, ३७ सय बालबालिका

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १८:१४,

अक्टोबर ७ यता इजरायलको बमबारीबाट गाजामा मारिनेहरुको संख्या ९ हजार ६१ पुगेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये ३ हजार ७६० जना बालबालिका र २ हजार ३२६ महिला रहेको बताइएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १४ सय इजरायलीको ज्यान गएको थियो।

त्यसको बदलामा इजरायलले गाजामा बमबारी सुरु गरेको थियो। इजरायलले अस्पताल र शरणार्थी शिविरमा समेत बम खसाएको छ। सो क्रममा सयौँको मृत्यु भएको छ।

यसरी इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र युद्ध अपराध गरेको भन्दै विश्वव्यापी विरोध भइरहेको छ।

केही दिनयता इजरायलले गाजामा स्थल आक्रमण पनि गरिरहेको छ। सो क्रममा इजरायलका १८ सैनिक मारिएको बताइएको छ। मारिनेमध्ये लेफ्टिनेन्ट कर्णेल सलमान हबका सबैभन्दा उच्चपदस्थ रहेको बताइएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad