ग्लोबल


गाजामा इजरायली सेना र हमासबीच ‘आमने–सामने’ लडाइँ

गाजामा इजरायली सेना र हमासबीच ‘आमने–सामने’ लडाइँ

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:५६,

गाजामा इजरायली सेना र हमास लडाकुबीच ‘आमने–सामने’ लडाइँ सुरु भएको छ। इजरायली सेनाले सघन लडाइँ चलिरहेको जनाएको छ।

इजरायली ट्यांक र बख्तरबन्द गाडी ग्रामीण क्षेत्र पार गर गाजा सहरको आवासीय क्षेत्रमा प्रवेश गरेको बताइएको छ।

‘इजरायली सेनाले उत्तरी गाजाको बेत लहिया नामक गाउँ पार गरेको छ। गाजा सहरको एउटा मुख्य सहर अल नासिर स्ट्रिटमा उनीहरु बसेका छन्,’ अल जजिराका संवाददाताले गाजाबाट भनेका छन्।

उनले दुई पक्षबीच भीषण गोली हानाहान चलिरहेको स्थानीयलाई उधृत गर्दै बताएका छन्।

हमासले इजरायली ट्यांक ध्वस्त पारेको र इजारायललाई ठूलो क्षति पु¥याएको दाबी गरेको छ। इजरायलले हमासका कयौँ उच्च कमान्डरहरुलाई मारेको बताएको छ।

यो लडाइँ कसरी टुंगिनेछ र इजरायलको रणनीति कस्तो हुनेछ भन्ने स्पष्ट छैन। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूसँग त्यसको योजना रहेको तर हाल सार्वजनिक नगर्ने बताएका छन्। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad