ग्लोबल


भारतले तोक्यो प्याज निर्यातमा न्यूनतम मूल्य

भारतले तोक्यो प्याज निर्यातमा न्यूनतम मूल्य

मूल्य बढ्दै गएपछि भारतको एपीएमसी बजारमा प्याजको वर्गीकरण गरिँदै (हिन्दुस्तान टाइम्स)


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १२:१९,

भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ।

स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो।

यो नियम ३१ डिसेम्बरसम्म लागू हुने विदेशी व्यार महानिर्देशनालयले जनाएको छ।

यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ। यसको असरस्वरुप राष्ट्रिय राजधानीको खुद्रा बजारमा प्याजको भाउ बढेर प्रतिकिलो ६५ देखि ८० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad