ग्लोबल


भारतीय अर्बपती मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलबाट मागियो २० करोड

भारतीय अर्बपती मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलबाट मागियो २० करोड

नेपालखबर
कात्तिक ११, २०८० शनिबार १६:५६, काठमाडौँ

भारतीय अर्बपती मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई इमेल मार्फत ज्यान मार्ने धम्की आएको बीबीसीले जनाएको छ। 

एक अज्ञात व्यक्तिले इमेलमार्फत् अम्बानीले २० करोड रुपैयाँ नतिरे मारिदिने धम्की आएको मुम्बई प्रहरीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। 

‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ नदिनुभयो भने, हामी तपाईंलाई मार्नेछौं। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्’, अम्बानीलाई पठाइएको इमेलमा भनिएको छ।

यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएको बताइएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले गादेवी पुलिस स्टेशनमा मुद्दा समेत दर्ता गराएउको छ। 

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन। 

गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो।

उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए।

यसअघि २०२१ मा अम्बानीको घर नजिकै बिस्फोटक पदार्थले भरिएको एसयूभी पनि भेटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad