ad ad

ग्लोबल


गाजामा ५०० जना मारिएका बेला इजरायल भ्रमणमा निस्किए बाइडेन

गाजामा ५०० जना मारिएका बेला इजरायल भ्रमणमा निस्किए बाइडेन

नेपालखबर
कात्तिक १, २०८० बुधबार ९:३८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेन बुधबार इजरायल प्रस्थान गरेका छन्।

गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५०० जनाको ज्यान गएको दाबी भइरहेका बेला उनी इजरायल भ्रमणमा निस्किएका हुन्। 

गाजाको स्वास्थ्य विभागले अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा ५०० जनाको मृत्यु भएको दाबी गरेको छ।

इजरायलले भने उक्त हमलामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको छ। बरु उसले उल्टै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’को रकेटको परिणाम भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

‘प्यालेस्टिनी इस्लामिक जिहाद’ संगठनले पनि हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

हमास र हिजबुल्लाहले अस्पतालमा भएको आक्रमणमा इजरायलसँगै अमेरिका पनि जिम्मेवार आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .