ग्लोबल


इजरायलको संसद्‌ बैठक सुरु हुनुअघि हमासले हान्यो लामो दूरीको रकेट

इजरायलको संसद्‌ बैठक सुरु हुनुअघि हमासले हान्यो लामो दूरीको रकेट

फाइल फाेटाे


नेपालखबर
असोज २९, २०८० सोमबार २१:३९, काठमाडौँ

इजरायल र हमास युद्धका बीच सोमबार इजरायली संसद्‌को अधिवेशन सुरु भएको छ।

‘टाइम्स अफ इजरायल’को रिपोर्टअनुसार सत्र सुरु हुनुअघि हमासले तेल अभिभ र जेरुसेलममा लामो दूरीका रकेट प्रहार गरेको छ।

सुरक्षाका कारण प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत सबै सांसद संसद्‌को मुनि बनाइएको बङ्करमा केही समय लुकेका थिए।

यस क्रममा साइरन बजिरहेको थियो। केही बेरपछि सत्र सुरु भयो।

इजरायली रक्षा बलले १९९ जना हमासको बन्धकमा रहेको बताएको छ। उनीहरूलाई गाजामा राखिएको बताइएको छ। 

इजरायल–हमास युद्धको बीचमा लेबनानमा अर्को मोर्चा खुलेको छ। इजरायलले लेबनान सीमामा २ किलोमिटरसम्मका आफ्ना गाउँ खाली गर्ने जनाएको छ।

आइतबार लेबनानमा हिजबुल्लाहले गरेको आक्रमणपछि इजरायलले जवाफी कारबाही गरेको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन छिट्टै इजरायलको भ्रमणमा जाने सम्भावना छ। तर, मिति तय भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .