उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विष्फोटमा ७ जनाको मृत्यु भएको छ।
साथै अन्य १७ जना घाइते भएका छन्। पुल ए खुमरी शहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विष्फोट भएको थियो।
मृतकको संख्या अझै बढी रहेको स्थानीयहरूको भनाइ छ। घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। (सिन्ह्वा)
36
Shares

प्रतिक्रिया