ad ad

ग्लोबल


उत्तर गाजावासीलाई हमासको अपिल : इजरायली चेतावनीको मतलब नगर्नू, दक्षिणतर्फ नसर्नू

उत्तर गाजावासीलाई हमासको अपिल : इजरायली चेतावनीको मतलब नगर्नू, दक्षिणतर्फ नसर्नू

नेपालखबर
असोज २६, २०८० शुक्रबार १४:३६, काठमाडौँ

प्यालेस्टाइनी विद्रोही समूह हमासले उत्तरी गाजाका नागरिकलाई इजरायलको चेतावनीअनुसार आफू बसेको स्थान नछाड्न अपिल गरेको छ। 

यसअघि इजरायली सेनाले उत्तरी गाजाका २१ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न चेतावनी दिएको थियो। 

तर हमासले उक्त आदेशलाई बेवास्ता गर्न उत्तरी गाजाको बासिन्दालाई आग्रह गरेको हो। 

हमासका एक अधिकारीले मानिसहरूलाई उत्तरीबाट दक्षिणी गाजामा सर्न भनी इजरायलले दिएको आदेशलाई ‘नक्कली प्रचार’ भएको बताएका छन्। 

उनले उत्तरी गाजामा बस्ने मानिसहरूलाई यसलाई बेवास्ता गर्न आग्रह गरेका छन्। 

अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि हमासले नागरिकहरूलाई आफ्नो ढालका रूपमा प्रयोग गरेको आरोप लगाइरहेको छ। इजरायली सुरक्षा बलसँगको लडाइँमा हमासका लडाकुले निर्दोष मानिसहरूलाई आड बनाएको आरोप छ। 

सन् २००६ मा चुनाव जितेर हमासले गाजा स्ट्रिपमा सत्ता हात पारेको थियो। यसपछि उसले फतह आन्दोलनका प्रमुख र राष्ट्रपति महमुद अब्बासलाई अपदस्थ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .