ad ad

ग्लोबल


इजरायल–हमास लडाइँमा पछिल्लो २४ घण्टामा के के भए?

इजरायल–हमास लडाइँमा पछिल्लो २४ घण्टामा के के भए?

इजरायल–हमास युद्धका क्रममा गरिएका विस्फोट।


नेपालखबर
असोज २५, २०८० बिहिबार २२:२०, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको पत्रकार सम्मेलनमा इजरायललाई सहयोग गर्न अमेरिका सधैँ उपस्थित रहने बताएका छन्। 

ब्लिन्केनले आफू एक ‘अविश्वसनीय रूपमा कठिन’ समयमा इजरायल फर्किएको बताए।

यसपछि उनी कतार जानेछन्, जहाँ हमासद्वारा बन्धक बनाइएका बालबालिका र महिलाको रिहाइका लागि वार्ता भइरहेको छ। तर इजरायलले यो समाचारको खण्डन गरेको बीबीसीले उल्लेख गरेको छ। 

इजरायलमा हमासले गरेको हमलामा मारिनेको संख्या १३ सय पुगेको छ।

इजरायल–हमास युद्धका क्रममा गरिएका विस्फोट।

यस्तै इजरायलले गाजा पट्टीमा गरेको बमबारीमा हालसम्म १४०० जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। 

हमास हमलापछि इजरायली सेना प्रमुख पहिलोपटक मिडियामा
इजरायली सेनाका चिफ अफ स्टाफ हर्जी हेलेभीले हमासको आक्रमणपछि पहिलोपटक सञ्चारमाध्यममा बोल्दै आफूले आक्रमण रोक्न असफल भएको स्वीकार गरेका छन्।

प्यालेस्टिनी क्षेत्रीय स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म ६ हजार २६८ जना घाइते भएको र ३ लाख ३८ हजार प्यालेस्टाइनी घरबारविहीन भएको तथा आफ्नो घर छाडेर हिँगेको जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले गाजाको अवस्था बिग्रँदै गएको चेतावनी दिइएको छ।

यसैबीच, बिहीबार सिरियाली सरकारी सञ्चारमाध्यमले इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका एयरपोर्टमा हमला गरेको जनाएका छन्।

बन्धकहरूलाई रिहा गर्न वार्ता
इजरायली अधिकारीहरूका अनुसार हमासले १५० जनालाई गाजामा लगेको छ। 

इजरायलले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजाको घेराबन्दी अन्त्य नहुने र त्यहाँ पानी र बिजुलीको आपूर्ति नगरिने बताएको छ।

उता हमासले इजरायलले गाजाका नागरिक क्षेत्रमा हवाई बमबारी नरोके बन्धकहरूलाई मार्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायलमा हमासको आक्रमणपछि चार बालबालिकासहित आफ्ना १७ नागरिक बेपत्ता भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .