ad ad

ग्लोबल


इजरायलले सिरियामा गर्‍यो आक्रमण, सिरियाले पनि थाल्यो जवाफी कारबाही

इजरायलले सिरियामा गर्‍यो आक्रमण, सिरियाले पनि थाल्यो जवाफी कारबाही

नेपालखबर
असोज २५, २०८० बिहिबार २२:०, काठमाडौँ

इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थलमा आक्रमण गरेको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ र जसका कारण हवाई सेवा बन्द भएको छ। 

स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।

इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो।

सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन्। इरानले लामो समयदेखि हमासलाई समर्थन गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .