हमासको हमलामा मारिने अमेरिकीको संख्या २५ पुगेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको भेटपछि बिहीबार उनले सो जानकारी दिएका हुन्।
‘कम्तीमा २५ अमेरिकी नागरिक मारिए,’ तेल अबिबमा ब्लिन्केनले भने।
बुधबार विदेश मन्त्रालयले २२ अमेरिकी मारिएको पुष्टि गरेको थियो।
ब्लिन्केनले हमास आईएसआईएसजस्तै भएको बताए र इजरायलप्रतिको अमेरिकी समर्थन सदा कायम रहने वाचा पनि गरे। एजेन्सी
39
Shares
प्रतिक्रिया