ग्लोबल


इजरायलबाट प्रधानमन्त्रीलाई नेपाली विद्यार्थीको पत्र : ज्यान गुमाउन मन छैन

इजरायलबाट प्रधानमन्त्रीलाई नेपाली विद्यार्थीको पत्र : ज्यान गुमाउन मन छैन

नेपालखबर
असोज २३, २०८० मंगलबार ७:४५, काठमाडौँ

हमासको आक्रमणपछि इजरायलमा बंकरभित्र बसिरहेका एक नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन्।

कास्कीको अन्नपुर्ण गाउँपालिका(२ घर भई हाल इजरायलको युद्धग्रस्त क्षेत्रमा बंकरभित्र बसेर ज्यान जोगाइरहेका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै आफूहरुलाई तुरुन्तै उद्धार गरेर नेपाल फर्काउन आग्रह गरेका हुन्।

‘आदरणीय प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो,’ उनले पत्रमा लेखेका छन्, ‘यो दुई देश बीचको युद्धको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्। हामी देशमा नै रमाउने छौँ।’

उनले सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै तत्काल उद्धार गरिदिन आग्रह गरेका छन्।

हेर्नुहोस् सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad