ग्लोबल


मोदीलाई मणिपुरको भिडिओ देखाउँदै यी १२ वर्षीया बालिकाले भनिन्- यो इजरायल होइन

मोदीलाई मणिपुरको भिडिओ देखाउँदै यी १२ वर्षीया बालिकाले भनिन्- यो इजरायल होइन

लिसिप्रिया कंगुजम


नेपालखबर
असोज २१, २०८० आइतबार २२:८, काठमाडौँ

लिसिप्रिया कंगुजम भारतकी सबैभन्दा कान्छी जलवायु कार्यकर्ता हुन्। उनी भारतको उत्तर-पूर्वी राज्य मणिपुरकी हुन् र वातावरणीय मुद्दाहरूमा धेरै सक्रिय छिन् मेइतेई समुदायकी भर्खर १२ वर्षीया लिसिप्रियाले मणिपुरमा मे ३ देखि जारी हिंसामा भारत सरकारको भूमिकामा प्रश्न उठाइरहेकी छन्। 

शनिबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै उनले मणिपुर हिंसासँग सम्बन्धित भिडियो सार्वजनिक गरेकी छन्।

अनि लेखेकी छन्- यो इजरायल वा प्यालेस्टाइन होइन। यो मणिपुरको कुकी आतंकवादीहरूले नष्ट गरेको चुराचन्दपुर जिल्लाका मेइतेई जनताको पूर्ण रूपमा ध्वस्त भएको सहर हो। यो ५ हजार क्षेप्यास्त्र खसाल्नुभन्दा पनि डरलाग्दो छ। तपाईं मणिपुरका नागरिक हुनुहुन्छ। न्यायका लागि कहिले बोल्ने?

यसअघि अक्टोबर ७ गते साँझ इजरायलमा भएको हमलाको समाचारमा प्रधानमन्त्री मोदीको शोक सन्देशको जवाफ दिँदै लिसिप्रियाले लेखेकी थिइन्- सर, तपाईंको आफ्नै राज्य मणिपुरको बारेमा के भन्नु छ? मणिपुरका जनताप्रति सहानुभूति नहुने तपाईंको मन इजरायलमा कसरी जान्छ? म्यानमारका आतंकवादीहरूले विगत ५ महिनादेखि भारतमा आक्रमण गर्दै २०० भन्दा बढी निर्दोष मानिसको हत्या गरेका छन् र १,००,००० भन्दा बढी मानिसलाई विस्थापित गरेका छन्। मे महिनादेखि ४०,००० भन्दा बढी बालबालिका विद्यालय बाहिर छन्। कहिलेसम्म चुप बस्ने हो? हामी मणिपुरका लागि न्याय चाहन्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad