ग्लोबल


मणिपुरमा जुलाईदेखि बेपत्ता दुई विद्यार्थीको हत्या, मुख्यमन्त्रीले भने- सीबीआईले छानबिन गर्छ

मणिपुरमा जुलाईदेखि बेपत्ता दुई विद्यार्थीको हत्या, मुख्यमन्त्रीले भने- सीबीआईले छानबिन गर्छ

शोकमा आफन्त


नेपालखबर
असोज १०, २०८० बुधबार ११:५२, काठमाडौँ

भारतको मणिपुरमा जुलाईदेखि बेपत्ता दुई विद्यार्थी हत्या गरिएको अवस्थामा फेला परेका छन्। 

मारिएका लुवाङ्बी हिजाम (बाँया) र फिजाम हेमनजlत (दायाँ)|

प्रदेश सरकारको अनुसन्धानले उनीहरूको हत्या भएको कुरा पत्ता लागेको हो। 

घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले अब सीबीआईको टोलीले घटनाको अनुसन्धान गर्ने र अपराधी पत्ता लगाउने आश्वासन दिएका छन्। 

सिंहले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् – ‘बेपत्ता विद्यार्थीहरूको मृत्युको खबर दुःखद छ। म राज्यका जनतालाई भन्न चाहन्छु– राज्य र केन्द्र सरकार दुवै अपराधीलाई पक्राउ गर्न काम गरिरहेका छन्।’

‘यस महत्त्वपूर्ण अनुसन्धानलाई थप गति दिन सीबीआईका निर्देशक एक विशेष टोलीसहित भोलि बिहान विशेष उडानमार्फत इम्फाल पुग्दै छन्। उनको उपस्थितिले हाम्रा अधिकारीहरूलाई यो मुद्दा छिटो समाधान गर्न मद्दत पुग्नेछ।’ 

उनले अपराधीहरूलाई पत्ता लगाउन र कानुनी दायरामा ल्याउन आफू गृहमन्त्री अमित शाहसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्। 

सञ्चारमाध्यमका अनुसार इम्फालका १७ वर्षीया लुवाङ्बी हिजाम र २० वर्षीय फिजाम हेम्जित जुलाई ६ देखि बेपत्ता थिए।

मंगलबार राज्य सरकारले अनुसन्धानपछि दुवै युवाको हत्या भएको र घटनामा कुकी चरमपन्थीको हात हुन सक्ने आशंका गरिएको बताएको छ।

मणिपुरमा मेइती र कुकी समुदायबीच मे महिनादेखि लडाइँ जारी छ। हिंसामा परी अहिलेसम्म २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६० हजार जना विस्थापित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad