ad ad

ग्लोबल


न्युयोर्क टाइम्सको दाबी- निज्जर हत्याको गुप्तचर जानकारी क्यानाडालाई अमेरिकाले दियो

न्युयोर्क टाइम्सको दाबी- निज्जर हत्याको गुप्तचर जानकारी क्यानाडालाई अमेरिकाले दियो

फाइल फाेटाे : अमेरिकाका राष्ट्रपति जो बाइडेन र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो


नेपालखबर
असोज ७, २०८० आइतबार २०:४, काठमाडौँ

अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याबारे गुप्तचर जानकारी क्यानाडालाई अमेरिकाले दिएको हो। 

समाचार एजेन्सी पीटीआईका अनुसार, न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै निज्जरको हत्यामा भारतको ‘सम्भावित’ भूमिकालाई क्यानाडाले कसैबाट सुनेको कुराले बल पुर्‍याएको दाबी गरेको छ।

शनिबार क्यानाडामा अमेरिकाका शीर्ष कूटनीतिज्ञले फाइभ आइजका सहयोगीहरू (अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड) बीच सार्वजनिक गुप्तचर जानकारीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भारतविरुद्ध आक्रामक आरोप लगाउन बाध्य पारेको पुष्टि गरेका थिए। 

प्रधानमन्त्री ट्रुडोले गत सोमबार क्यानाडाको संसद्‌मा निज्जरको हत्यामा भारतीय एजेन्सीहरूको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका थिए। यसका साथै क्यानाडाले भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई स्वदेश फर्किन आदेश पनि दियो। त्यसपछि दुई देशबीचको सम्बन्ध बिग्रियो।

भारतले क्यानाडाको आरोप अस्वीकार गर्दै झुटो र उत्तेजक भनी टिप्पणी गरेको छ। 

भारतले पनि नयाँ दिल्लीमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र आफ्नो देश छाड्न भनेको छ। साथै क्यानाडाबाट भारत आउने भिज प्रक्रिया पनि अनिश्चितकालका लागि स्थगन गरेको छ। 

वर्षौंदेखि क्यानाडामा बसेका हरदीप सिंह निज्जरको गत जुनमा हत्या भएको थियो। निज्जरलाई चरमपन्थी भन्दै भारतले क्यानाडा सरकारसँग उनलाई सुपुर्दगी गर्न माग गरेको थियो।

भारत सरकारले यसै साता पन्जाबबमा रहेको निज्जरको सम्पत्ति जफत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .