ग्लोबल


पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


रासस/सिन्ह्वा
असोज ३, २०८० बुधबार १३:५८, नान्जिङ

पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। 

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन्।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान सहरको ड्याक्सिङ टाउनसिप र नानकाई टाउनसिपमा आँधी  साँझ ५ बजेतिर आएको हो।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच  हजार ५१२ जना प्रभावित भएका छन्भने एक  हजार ६ सय ४६ घरमा सामान्य क्षति भएको छ । अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ । आँधीले ४२  हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाछ चार सय पाँच जना विस्थापित भएका छन्। नहरको आपत्‌कालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad