एसियन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षमा ४.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्ष बढ्ने प्रक्षेपण गरेको हो।
आगामी वैशाखसम्म ५ प्रतिशतको वृद्धि हुने र सेप्टेम्बरमा पुग्दा ४.३ आर्थिक वृद्धिदर उल्लेख छ।
एडीबीले अहिले बढेको महँगी चालु आर्थिक वर्षको अन्तसम्म घट्ने प्रक्षेपण गरेको छ।
एडीबीले कोभिड महामारीपछि आर्थिक वृद्धिदर बढेकामा राष्ट्र बैंकको कडा मौद्रिक नीति र वैदेशिक मुद्रा सञ्चितीका लागि राष्ट्र बैंकले कडाइ गर्दा गत आर्थिक वृद्धि कम भएको छ।
बैंकको ब्याजदर वृद्धि र आयात प्रतिबन्ध लगाउँदा आर्थिक वृद्धि संकुचन भएको विश्लेषण गरिएको छ।
42
Shares

प्रतिक्रिया