ad ad

ग्लोबल


लिबियामा उद्धार र राहतमा सघाउन संयुक्त राष्ट्रसंघको आग्रह

लिबियामा उद्धार र राहतमा सघाउन संयुक्त राष्ट्रसंघको आग्रह

नेपालखबर
असोज १, २०८० सोमबार ११:५४, काठमाडौँ

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले उद्धार र राहत कार्यमा लिबियालाई सघाउन आह्वान गरेका छन्। 

आइतबार उक्त क्षेत्रमा पुगेका विशेष प्रतिनिधिले बाढी पीडितको उद्धारका लागि समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले राजधानी त्रिपोलीमा लिबियाका प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीसँगको भेटमा डेर्ना शहर र अन्य क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिमा शोक व्यक्त गरे।

पुनःनिर्माणमा श्रोत साधनको सहयोग गरिदिन उनले विश्व समुदायसँग आग्रहसमेत गरेका छन्।

सेप्टेम्बर १० मा भूम्ध्यसागरीय आँधी डेनियलका काराण् लिबियामा दशकयताकै सबैभन्दा ठूलो बाढी आएको थियो। जसमा अहिलेसम्म ५५ सयले ज्यान गुमाइसकेका छन्। यो घटनामा १० हजार बेपत्ता छन्।

तेलको धनी लिबिया सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि पूर्व र पश्चिम प्रशासनमा विभाजित छ।

न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .