ad ad

ग्लोबल


सुडानमा दुई सैनिक समूहबीच झडप, खार्तुमका सरकारी भवनमा बम हानियो

सुडानमा दुई सैनिक समूहबीच झडप,  खार्तुमका सरकारी भवनमा बम हानियो

न्युज एजेन्सी नेपाल
असोज १, २०८० सोमबार ११:४९, काठमाडौँ

सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको हिंसात्मक झडपले सुडानमा उग्र रुप लिएको छ।

सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आइतबार दोस्रो दिन पनि भिडन्त जारी रह्यो।

भिडन्तका क्रममा मध्य खार्तुनस्थित सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको छ।

सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ।

सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ।

त्यसक्रममा सरकारी भवनहरुमा बमबारी भएको छ। अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएफबीच भइरहको झडपमा ३ हजार बढीको ज्यान गइसकेको छ। उक्त झडपका क्रममा ६ हजार बढी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .