ad ad

ग्लोबल


आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : राष्ट्रपति एर्दोगान

आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : राष्ट्रपति एर्दोगान

नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:३७, काठमाडौँ

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताएका छन्।

उनले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताए। उनले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताए।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने बताए।

इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .