ग्लोबल


दिल्ली विमानस्थलमा बाइडेनलाई स्वागत गर्न आएकी यी बच्ची को हुन्? (भिडिओ)

दिल्ली विमानस्थलमा बाइडेनलाई स्वागत गर्न आएकी यी बच्ची को हुन्? (भिडिओ)

नेपालखबर
भदौ २२, २०८० शुक्रबार २०:४३, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार साँझ दिल्ली एयरपोर्टमा अवतरण गर्दा उनलाई स्वागत गर्न एक सानी बालिका पनि आइन्।

एयरपोर्टमा रेकर्ड गरिएको भिडिओमा बाइडेनले ती बालिकालाई अँगालो हालेको देखिन्छ।

यस अवसरमा अमेरिकी सरकारका धेरै अधिकारीहरू पनि उपस्थित थिए।

यीमध्ये एक अधिकारी एरिक गार्सेट्टी हुन्, जो हाल भारतमा अमेरिकी राजदूतका रूपमा कार्यरत छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार ती बच्ची हुन्– बाइडेनलाई स्वागत गर्न पुगेका एरिक गार्सेट्टीकी छोरी माया गार्सेट्टी। उनी आफ्ना पितासँगै एयरपोर्ट पुगेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad