ad ad

ग्लोबल


दुश्मनलाई समुद्रबाट आक्रमण गर्न पनडुब्बी बनाएको किमको दाबी (तस्बिर)

दुश्मनलाई समुद्रबाट आक्रमण गर्न पनडुब्बी बनाएको किमको दाबी (तस्बिर)

नेपालखबर
भदौ २२, २०८० शुक्रबार ९:५७, काठमाडौँ

उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनले परमाणु पनडुब्बी बनाएको दाबी गरेका छन्।

बीबीसीका अनुसार उक्त पनडुब्बीले आणविक हतियार बोक्न सक्ने दाबी किमले गरेका छन्। 

हेर्नुहोस् तस्बिर

उत्तर कोरियाली नेता किम जोङले एउटा पनडुब्बीको नामकरण गर्ने कार्यक्रम आयोजना गरेका छन्। यो पनडुब्बीले आणविक हतियार बोक्न सक्ने उनको दाबी छ।

सरकारी मिडियाको एक रिपोर्टमा भनिएको छ- पनडुब्बीले देशको आणविक प्रतिरोधक क्षमता धेरै पटक बलियो बनाएको छ।

अहिले यो पनडुब्बी चलिरहेको छ कि छैन भन्ने कुरा स्पष्ट छैन। उत्तर कोरियाले आफ्ना जनताका लागि यस्तो कुनै प्रदर्शन गरेको छैन।

पानीमुनि पनडुब्बी पत्ता लगाउन गाह्रो छ। यो पनडुब्बीको अर्थ भूमि युद्धमा हतियार नष्ट भएपछि उत्तर कोरियाले आफ्ना शत्रुविरुद्ध समुद्रबाट आक्रमण गर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .