अमेरिकाले युक्रेनलाई विवादास्पद तोपको गोला दिने घोषणा गरेको छ। एक अर्ब डलरको सैन्य सहायता अन्तर्गत ट्यांकभेदी गोला पठाउने घोषणा अमेरिकाले गरेको हो।
सो गोला यसअघि अमेरिकाले नै दिने घोषणा गरेको अब्राम्स ट्यांकबाट प्रहार गर्न मिल्छ।
युरेनियम प्रशोधन गर्दा निस्केको बाइप्रोडक्टको प्रयोग गरी सो गोला बनाइएको हो। जसले ट्यांक सजिलै भेद्ने बताइन्छ।
रुसले अमेरिकी कदमको भर्त्सना गरेको छ।
यसअघि बेलायतले पनि मार्च महिनामा त्यस्तै प्रकारको गोला पठाउने बताएको थियो। त्यतिबेला अमेरिकाले यस्तो गोला नपठाउने बताएको थियो। तर, अहिले उसले निर्णय परिवर्तन गरेको हो।
जुन महिनदेखि युक्रेनले रुसले कब्जा गरेको भूमि फिर्ता गर्न भन्दै प्रत्याक्रमण सुरु गरेको छ। तर, युक्रेनले निकै सीमित सफलता मात्र हात पारेको छ। एजेन्सी
48
Shares
प्रतिक्रिया