ad ad

ग्लोबल


पाकिस्तान–अफगानिस्तान सीमामा गोली हानाहान

पाकिस्तान–अफगानिस्तान सीमामा गोली हानाहान

नेपालखबर
भदौ २०, २०८० बुधबार २०:४८, काठमाडौँ

पाकिस्तान र अफगानिस्तानको सीमामा गोली हानाहान भएपछि तोरखाम नाका बन्द गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै उक्त समाचार दिएको हो।

तोरखाम नाकामा गोली चलेको आवाज सुनिएको र गोलीबारी सुरु भएपछि मानिसहरु भागेको स्थानीयले बताएका छन्।

यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर कसैको मृत्यु नभएको बताएका छन्। 

यो क्षेत्र अफगानिस्तानको नानगर प्रान्तमा अवस्थित छ, जहाँका सरकारी प्रवक्ताले यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यससँगै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

पाकिस्तान र अफगानिस्तानबीचको २६ सय किलोमिटर लामो सीमा रेखा विवादको विषय हो। र, पाकिस्तानबाट यात्रु तथा सामान तोरखाम सीमा नाका भएर अफगानिस्तान लगिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .