रुसले निजी सेना वाग्नरका प्रमुख यव्गेनी प्रिगोजिनको हत्याको आदेश दिएको आरोप अस्वीकार गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले प्रिगोजिनको ‘हत्याको आरोप’सम्बन्धमा गरिएको प्रश्नको जवाफमा ‘पूर्ण बकवास’ भनेका हुन्।
यस्तै उनले प्रिगोजिन निश्चित रूपमा दुर्घटनामा परेको विमानमा सवार थिए भन्ने बयान दिन पनि इन्कार गरे।
पेस्कोभले राष्ट्रपति पुटिन प्रिगोजिनको अन्त्येष्टिमा सहभागी हुने वा नहुने भनेर अहिले भन्न नसकिने बताए।
उनले राष्ट्रपति पुटिनको ‘कार्यतालिका पहिल्यै तयार रहेको’ प्रतिक्रिया दिए।
पेस्कोभले भने, ‘यस्ता विषयमा तथ्यका आधारमा मात्र बोल्छौँ। हामीसँग अहिले यसबारे पर्याप्त तथ्य छैनन्। आधिकारिक अनुसन्धान जारी छ।’ बीबीसी
96
Shares

प्रतिक्रिया