राजनीति


प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिन्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिन्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १८:३९, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताएका छन्।

शुक्रवार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताए। उनले सरकारले मधेस प्रदेशको विरगञ्जलाई मिर्गाैला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताए।

त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरि काम अगाडी बढिहेको बताए। उनले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिनेगरी कामहरु अगाडी बढेको र त्यसैको पाइलास्वरुप दुई अस्पतालका बीचमा सहमति आदान प्रदान भएको उल्लेख गरे।

उनले यसै अनुरुप अन्य प्रदेशहरुमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानि, प्रदेश राजधानि र केही विकसित शहरहरुमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताए।

उनले आज भएको सहमति अनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिहरुलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीहरुमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताए। अस्पतालहरुलाई पर्ने समस्याहरु समाधानका लागि मन्त्रालय सधै तत्पर रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad