ad ad

ग्लोबल


यूएई, साउदी अरब, अर्जेन्टिना, इजिप्ट, इथियोपिया र इरान ब्रिक्समा जोडिने

यूएई, साउदी अरब, अर्जेन्टिना, इजिप्ट, इथियोपिया र इरान ब्रिक्समा जोडिने

सिन्ह्वा
भदौ ८, २०८० शुक्रबार १२:४२, काठमाडौँ

इजिप्ट, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबिया अब ब्रिक्स समूहमा सामेल हुने भएका छन्।

ब्रिक्समा जोडिने भएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाई दिएका छन्।

हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो।

अरब राष्ट्रहरु ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि उनीहरु महत्वपूर्ण सावित हुँदै गएको पुष्टि भएको छ।

घेइतले ब्रिक्स नेताहरु अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र यूएईलाई सामेल गर्न सहमत भएको बताए।

यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ।

उक्त कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीवार समाप्त भएको ३ दिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .