ad ad

ग्लोबल


भारतको मिजोरममा रेलवे पुल भत्किँदा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

भारतको मिजोरममा रेलवे पुल भत्किँदा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

सिन्ह्वा
भदौ ८, २०८० शुक्रबार १२:४६, काठमाडौँ

भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो।

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधिन पुल भत्किएको थियो।

मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका छन्।

मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे।

पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिँदै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .