ad ad

ग्लोबल


स्वागतका लागि मन्त्री मात्र पठाएको भन्दै दक्षिण अफ्रिकामा विमानबाट ओर्लिन मानेनन् मोदी

स्वागतका लागि मन्त्री मात्र पठाएको भन्दै दक्षिण अफ्रिकामा विमानबाट ओर्लिन मानेनन् मोदी

नेपालखबर
भदौ ६, २०८० बुधबार १७:२५,

ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई स्वागत गर्न मन्त्री मात्र आएपछि विमानबाट उत्रिन नमानेको एक स्थानीय सञ्चारमाध्यमले जनाएको छ। 

सरकारी अधिकारीहरुलाई उधृत गर्दै डेली माभरिक नामक अनलाइनले जनाएअनुसार राष्ट्रपति सिरिल राम्फोसा स्वागतका लागि नआएपछि मोदी रिसाएका हुन्।

सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा भने राम्फोसा आफैँ विमानस्थल पुगेका थिए।

मोदीको विमान प्रिटोरियास्थित वाटरक्लुफ एयर फोर्स बेसमा अवतरण गरेको थियो।

त्यतिबेला सरकारी भवन युनियन बिल्डिङमा सी सहभागी कार्यक्रम पनि थियो।

तर, मोदी विमानबाट ओर्लिन नमानेपछि उनको स्वागतका लागि राष्ट्रपति राम्फोसाले उपराष्ट्रपति पौल मासाटिलेलाई खटाएका थिए।

दक्षिण अफ्रिकाले सम्पूर्ण ध्यान सीको भ्रमणमा केन्द्रित गरेकाले मोदी रुष्ट बनेको सो सञ्चारमाध्यमले जनाएको छ। 

सीको भ्रमणलाई राजकीय भ्रमणको मान्यता दिइएको छ। त्यस्तै भ्रमणका क्रममा राम्फोसाले सीलाई मुलुकको सबैभन्दा उच्च सम्मान अर्डर अफ साउथ अफ्रिका पनि प्रदान गरेका छन्। 

यी दुई मुलुकबीच कयौँ सम्झौतामा हस्ताक्षर समेत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .