भारतस्थित उत्तरकाशीको गंगोत्रीबाट फर्किँदै गरेको बस गंगोत्री राष्ट्रिय राजमार्गको गंगनानी नजिकै गहिरो खाडलमा खसेको छ।
दुर्घटनामा ६ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या सात पुगेको बीबीसी हिन्दीले जनाएको छ।
दुर्घटनामा २७ यात्रु घाइते भएका छन्। एनडीआरएफ, एसडीआरएफ, मेडिकल टिम उद्धारमा खटिएका छन्।
घाइतेलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भटवाडी र जिल्ला अस्पताल उत्तरकाशीमा उपचारका लागि पठाइएको छ।
मुख्यमन्त्री पुष्करसिंह धामीले ट्विट गर्दै गंगनानीको गंगोत्रीबाट उत्तरकाशी जाँदै गरेको बस दुर्घटनामा परी केही व्यक्तिको ज्यान गएको खबर अत्यन्तै दुखद भएको बताएका छन्।
— आकाशवाणी समाचार (@AIRNewsHindi) August 20, 2023#Uttarakhand के #उत्तरकाशी जिले में गंगोत्री राष्ट्रीय राजमार्ग पर गंगनानी के पास एक बस के दुर्घटनाग्रस्त होने से उसमें सवार 7 व्यक्तियों की मृत्यु हो गई, जबकि एक अन्य लापता है। इस दुर्घटना में 27 लोग घायल हुए। pic.twitter.com/5vmYK3lkdC
Shares

प्रतिक्रिया