ग्लोबल


पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्री घोषणा हुने सम्भावना, को बन्ला?

पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्री घोषणा हुने सम्भावना, को बन्ला?

सिनेट अध्यक्ष सादिक संजरानी


नेपालखबर
साउन २७, २०८० शनिबार ८:५३, काठमाडौँ

पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने सम्भावना छ। कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई बुझाइएको सूचीमा सिनेटका अध्यक्ष सादिक संजरानीको नाम पनि परेको छ।

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्युजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताएका छन्। 

यसैबीच प्रधानमन्त्री शहबाज सरिफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबार (आज) सम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन्। रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्।

शुक्रबार साँझ भएको बैठकमा शहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने उल्लेख गरे। 

प्रधानमन्त्री शहबाज सरिफ

शुक्रबार साँझ प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो।

अर्कातर्फ पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्भीले शुक्रबार पत्र लेखी प्रधानमन्त्री शेहबाज सरिफ र विपक्षी नेता राजा रियाजलाई संविधानअनुसार कार्यवाहक प्रधानमन्त्रीको विषयमा निर्णय हुनुपर्ने स्मरण गराएका छन्। अगस्ट १२ (आज) भित्र सदनमा कार्यवाहक प्रधानमन्त्रीको नाम बुझाउनुपर्नेछ। र, राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad