पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार ९ अगस्टमा राष्ट्रिय सभा भंग गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम संसद् विघटन गरेका हुन्।
राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहनेछन्।
संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुनेछ ।
राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न बिहीबार प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्नेछन् ।
उनीहरुले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्।
पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गरिएको हो।
अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ। बीबीसी
صدر مملکت ڈاکٹر عارف علوی نے قومی اسمبلی تحلیل کر دی
— The President of Pakistan (@PresOfPakistan) August 9, 2023
صدر مملکت نے قومی اسمبلی کی تحلیل وزیر ِ اعظم کی ایڈوائس پر آئین کے آرٹیکل 58 ایک کے تحت کی pic.twitter.com/B7kGkMWLEh
Shares

प्रतिक्रिया