ad ad

ग्लोबल


चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुईजना गिरफ्तार

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुईजना गिरफ्तार

नेपालखबर
साउन १९, २०८० शुक्रबार ९:४५, काठमाडौँ

संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा अमेरिकाको क्यालिफोर्नियाबाट दुई अमेरिकी नौसेना नाविकलाई पक्राउ गरिएको छ।

बीबीसीका अनुसार २२ वर्षीय अमेरिकी नागरिक जिनचाओ वेई र २६ वर्षीय वेनहेङ चाओलाई गिरफ्तार गरिएको हो। 

वेईलाई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप लागेको छ भने चाओलाई संवेदनशील फोटो र भिडिओका लागि पैसा लिएको आरोप लगाइएको छ। 

दुवै एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट भइसकेको छैन। दुवै जनालाई बुधबार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको हो। 

वेई यूएसएस एसेक्समा काम गर्थे र उनी जहाजबारे संवेदनशील जानकारीको पहुँचमा थिए। सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए।

चिनियाँ एजेन्टले जहाजको फोटो, भिडिओ र ब्लुप्रिन्टका लागि वेईलाई हजारौं डलर तिरेको आरोप छ।

तर चीनले भने यस विषयका कुनै पनि जानकारीलाई अस्वीकार गरेको छ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग संलग्न जासुसीका मुद्दालाई बढाइचढाइ गरेको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .