ad ad

ग्लोबल


नुह र गुरुग्राममा हिंसा भड्किएपछि भारतको राजधानी दिल्लीमा बढाइयो सुरक्षा (भिडिओ)

नुह र गुरुग्राममा हिंसा भड्किएपछि भारतको राजधानी दिल्लीमा बढाइयो सुरक्षा (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार ११:४३, काठमाडौँ

हरियाणाका नुह र गुरुग्राममा दुई दिनदेखि हिंसा भड्किएपछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

विश्व हिन्दू परिषद् र बजरंग दलले हिंसाविरुद्ध बुधबार आन्दोलन घोषणा गरेका छन्।

बजरंग दलले दिल्लीमा लगाएको पोस्टरमा पूर्वी दिल्लीमा पनि विरोध प्रदर्शन हुने सम्भावना देखिएको छ।

यसका लागि लक्ष्मीनगर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हेर्नुहोस् भिडिओ-

यसैबीच दिल्ली ट्राफिक प्रहरीले निर्माण विहार मेट्रो स्टेसन नजिकैको विरोधका कारण विकास मार्ग बिहान ८ बजेदेखि बन्द गरिएको सूचना जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .