हरियाणाका नुह र गुरुग्राममा दुई दिनदेखि हिंसा भड्किएपछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
विश्व हिन्दू परिषद् र बजरंग दलले हिंसाविरुद्ध बुधबार आन्दोलन घोषणा गरेका छन्।
बजरंग दलले दिल्लीमा लगाएको पोस्टरमा पूर्वी दिल्लीमा पनि विरोध प्रदर्शन हुने सम्भावना देखिएको छ।
यसका लागि लक्ष्मीनगर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेर्नुहोस् भिडिओ-
— Press Trust of India (@PTI_News) August 2, 2023VIDEO | Security tightened as VHP and Bajrang Dal plan to stage protest near Nirman Vihar Metro Station in Delhi against #Nuh clashes. pic.twitter.com/qUW0p1KfCC
यसैबीच दिल्ली ट्राफिक प्रहरीले निर्माण विहार मेट्रो स्टेसन नजिकैको विरोधका कारण विकास मार्ग बिहान ८ बजेदेखि बन्द गरिएको सूचना जारी गरेको छ।
Shares

प्रतिक्रिया