भारतस्थित महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले गुडिरहेको रेलमा गोली हानेर चार जनाको हत्या गरेका छन्।
बीबीसी हिन्दीका अनुसार जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा सवार चारजनालाई गोली हानिएको हो।
गोली लागेर चारै जनाको मृत्यु भएको छ। आरोपितलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ।
पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका हुन्।
घटनामा एक आरपीएफ र तीन यात्रुको मृत्यु भएको छ।
गोली किन हानियो भन्ने विषयमा समाचारमा खुलाइएको छैन।
219
Shares

प्रतिक्रिया