ad ad

ग्लोबल


सामाजिक सञ्जालबाट माया बसेपछि प्रेमी भेट्न पाकिस्तान पुगिन् चिनियाँ युवती

सामाजिक सञ्जालबाट माया बसेपछि प्रेमी भेट्न पाकिस्तान पुगिन् चिनियाँ युवती

नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:५९, काठमाडौँ

भारतीय युवती अञ्जुपछि एक चिनियाँ युवती पनि आफ्नो पाकिस्तानी प्रेमी भेट्न पाकिस्तानको खैबर पख्तुनख्वा पुगेको खबर सार्वजनिक भएको छ। 

समाचार एजेन्सी पीटीआईले स्थानीय प्रहरीलाई उद्धृत गर्दै उक्त युवती र पाकिस्तानी युवकबीच पनि सामाजिक सञ्जालबाटै चिनजान भएको बताएको छ। यसपछि दुवै प्रेममा परे।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाओ फेङ नामकी यी युवती गत हप्ता चीनबाट सडकमार्गमार्फत गिलगिट हुँदै खैबर पख्तुनख्वा पुगेकी हुन्। 

युवतीको उमेर २१ वर्ष छ। त्यहाँ पुगेपछि युवतीका १८ वर्षीय प्रेमी जावेद उनलाई लिन आए तर प्रेमिकालाई आफ्नो घर नलगी तल्लो दिर जिल्लाको समरबाग तहसिलमा लगे, जहाँ जावेदको मामाको घर छ।

जावेद अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाका बासिन्दा हुन्। असुरक्षाका कारण जावेदले उनलाई मामाको घरमा लगेको बताइएको छ।

यसअघि अञ्जु भारतको राजस्थानबाट आफ्ना पाकिस्तानी प्रेमी भेट्न खैबर पख्तुनख्वाको अपर दिर जिल्ला पुगेकी थिइन्। उनीहरूको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

अञ्जुले आफ्ना साथी नसरुल्लाहसँगको विवाहको खबरलाई अस्वीकार गरे पनि उनको विवाह पाकिस्तानी मिडियामा हेडलाइनमा छ। विवाह गराउने काजीले बीबीसीसँग यो कुरा पुष्टि गरेका छन्।

जसरी अञ्जुका बारेमा भारतीय सञ्चारमाध्यममा समाचार छापिए, त्यसैगरी पाकिस्तानका प्रमुख सञ्चारमाध्यमले पनि यो समाचारलाई प्रमुखताका साथ छापेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .