सिंगापुरमा शुक्रबार एक महिलालाई फाँसी दिइएको छ। २० वर्षपछि त्यहाँ पहिलोपटक महिलालाई मृत्युदण्डको सजाय दिइएको हो।
बीबीसीका अनुसार सारिदेवी जमानी नामकी यी महिला सन् २०१८ मा ३० ग्राम हेरोइन तस्करीमा दोषी ठहर भएकी थिइन्। यी ४५ वर्षीया महिला सिंगापुरकी नागरिक थिइन्।
सिंगापुरमा लागुऔषध ओसारपसार गरेको अभियोगमा तीन दिनमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको यो दोस्रोपटक हो। यो हप्ता सिंगापुरमा लागुऔषध ओसारपसारमा दोषी ठहर भएको उनी दोस्रो व्यक्ति हुन्।
यसअघि सिंगापुरका मोहम्मद अजिज बिल हुसैनलाई फाँसी दिइएको थियो। अजिजविरुद्ध ५० ग्राम हेरोइन तस्करी गरेको कसुर थियो। मार्च २०२२ देखि सिंगापुरमा १५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
सिंगापुरमा लागुऔषधविरुद्ध निकै कडा कानुन छ। त्यहाँ ५०० ग्राम गाँजा वा १५ ग्राम हेरोइनसहित पक्राउ परे मृत्युदण्ड दिने व्यवस्था छ।
Shares

प्रतिक्रिया