ad ad

ग्लोबल


अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए, ४६ वटालाई बचाउने प्रयास

अस्ट्रेलियाको समुद्री तटमा ५१ वटा ह्वेल मृत भेटिए, ४६ वटालाई बचाउने प्रयास

नेपालखबर
साउन १०, २०८० बुधबार ११:३६, काठमाडौँ

अस्ट्रेलियाको चेनेस समुद्री किनारमा पुगेका करिब १०० ह्वेलमध्ये ५१ वटा मृत भेटिएका छन्।  

बुधवार बिहान पार्क तथा वाइल्डलाइफ सर्भिसले बताएअनुसार पश्चिमी अस्ट्रेलियाको चिनेस समुद्री किनारमा ५१ वटा मृत भेटिँदा अन्य ४६ वटालाई बचाएर गहिरो समुद्री किनारमा पठाउने कोसिस गरिएको छ।

द गार्जियनको समाचार अनुसार मंगलबार बिहान पाइलट व्हेलको एक समूह अल्बानीबाट ६० किलोमिटर पूर्वस्थित चेनेस किनारमा तैरिएको देखिएका थिए। 

त्यसपछि साँझ नपर्दै मृत ह्वेलको संख्याले समुद्री किनार ढाकिएको थियो। त्यसपछि मरिन एक्सपर्ट र कयौँ स्वयम्सेवीहरुले रातभर समुद्री किनानरमा ह्वेल बचाउन खटिएका थिए। 

यस टिममा पर्थ चिडियाखानाका डाक्टर, विज्ञहरु जहाज र अन्य सामाग्रीसहित त्यहाँ पुगेका थिए। यिनलाई अस्ट्रेलियाका कयौँ जनावर प्रेमी र अन्य मानिसले पनि मद्दत गरे। 

विशेषज्ञहरुले व्हेल अचानक समुद्री तटमा पुग्नुलाई असामान्य मान्छन्। यस्तोलाई कुनै रोग फैलिएको रुपमा बुझ्न सकिने उनीहरुको भनाइ छ। तर अष्ट्रेलियाको समुद्री तटमा व्हेल किन पुगे भन्न खुलिसकेको छैन।

यसअघि करिब एक सातापहिले पनि स्कटल्यान्डको आइल अफ लुइसस्थित ट्र्याग म्होर समुद्र तटमा ५५ ह्वेलको मरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .