ad ad

कला


मैले गाएका गीत मेरै इमोसनल जर्नीका कथा हुन् : अंकिता पुन

मैले गाएका गीत मेरै इमोसनल जर्नीका कथा हुन् : अंकिता पुन

नेपालखबर
साउन १०, २०८० बुधबार ११:४७, काठमाडौँ

‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनले यही नामको अर्को एल्बम सार्वजनिक गरेकी छन्। एल्बम सार्जनिकसँगै गायिका पुनको पहिलो सांगीतिक भ्रमण योजनाबारे पनि विस्तारमा जानकारी दिइएको छ।

भारतका दार्जिलिङ र सिक्किमबाट अगस्ट दोस्रो हप्ता सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ।

त्यसपछि काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत नेपालका प्रमुख सात सहरमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको यस सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए। नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरु हुने जानकारी दिँदै उनले हालसम्म अस्ट्रेलियाका केही सहरमा सांगीतिक भ्रमण तय भइसकेको बताए। 

कार्यक्रममा गायिका पुनले पहिलो देश-विदेश सांगीतिक भ्रमणको संघारमा आइपुग्दा आफू धेरै उत्साहित र अलिअलि नर्भस पनि भएको बताइन्। ‘माइली’ एल्बममा ‘माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो’ बोलका गीत समावेश छन्।

सातमध्ये ‘माइली, चार दिन चार जुनी र सखी’ गीतका तीनवटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेका छन्। एल्बमका बाँकी गीतका भिडियो बिस्तारै सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बुले जानकारी दिए।

गायिका पुन संगीतलाई भावनात्मक यात्राका रुपमा लिन्छिन्। उनले भनिन, ‘यसअघिका सबै गीतहरु जस्तै मेरा नयाँ गीतमा पनि मेरा आफ्नै तीतामीठा अनुभूति समेटिएका छन्। ती गीतहरु मेरो इमोसनल जर्नीका उपज हुन्।’

गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरुले साथ दिने छन्। सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए। इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्ने छन्। ‘रकिङ फिलिली’ले आफ्ना ओरिजिनल गीत पनि स्रोतालाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ। 

अंकिता पुनको सांगीतिक भ्रमणमा गितार सप म्युजिक पार्टनरका रुपमा छ। भ्रमणलाई कम्युनिकेसन्समा फर्स्ट लिंक र आईटीमा ओमकार कम्प्युटर्सले सघाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .