ad ad

ग्लोबल


राजनीतिक जीवनबाट सन्यास लिने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा

राजनीतिक जीवनबाट सन्यास लिने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा

नेपालखबर
असार २६, २०८० मंगलबार २१:३१, काठमाडौँ

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन्।

युनाइटेड थाई नेसन (यूटीएन)पार्टीको आधिकारिक फेसबुक पेजमा उनले जारी गरेको विज्ञप्तिमा ‘अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,’ भनेका छन्। 

उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन्। 

उनको यो निर्णय थाई संसद्‌मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो।

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख उनले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए। (रासस÷एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .