ग्लोबल


डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

नेपालखबर
असार १३, २०७६ शुक्रबार ४:१३,

 नेपाली-अमेरिकी सामुदायिक केन्द्र निर्माणका लागि आयोजना गरिएको डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलर चन्दा संकलन भएको छ।

२ सय ७६ जनाबाट सो रकम संकलन भएको आयोजकहरुले जानकारी दिएका छन्।

अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन्।

सो रकममध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर (उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रष्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको हो।

डिसी महानगर क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले डिसी मेट्रो सप्ताह पुरणा लगाइएको हो। पुराणमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट २५५ जनाले सहयोग गरेका छन्। यस क्षेत्रमा करिव १० हजार मानिसहरु बसोबास गर्छन्।

सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्सस्थित लोटस टेम्पल(मन्दिर)परिसरमा भइरहेको छ। उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो।

डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्य बनाइएको छ। सप्ताहको लागि सहयोग गर्ने अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन्। सप्ताह नेपालबाट आएका पण्डित दिनबन्धु पोखरेलले सञ्चालन गरिरहेका छन्।

२०१९ जुन २२ देखि सुरु भएको डिसी मेट्रो सप्ताह जुन २९ शनिबार समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad