ad ad

ग्लोबल


नदीमा पौडी खेलिरहेका एकै परिवारका १० जना बगे

नदीमा पौडी खेलिरहेका एकै परिवारका १० जना बगे

फाइल फाेटाे


नेपालखबर
असार १९, २०८० मंगलबार १९:२१, क्वालालम्पुर

मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। 

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा ४ देखि ४० वर्षसम्मका मानिसले ज्यान गुमाएका छन्। 

स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एकजना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन्। तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो। उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन्। 

‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीन जनाको खोजी भइरहेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .